संस्थाले सहिद परिवारका विद्यार्थीहरूका लागि यस शैक्षिक सत्रको छात्रवृत्ति कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ।
आवेदन दिन सक्ने
- सहिद परिवारका आधार कक्षा १ देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थी।
- संस्थामा अभिलेख दर्ता भएका परिवारका सदस्य।
आवश्यक कागजात
- विद्यालय वा क्याम्पसको भर्ना प्रमाणपत्र।
- अघिल्लो शैक्षिक सत्रको नतिजा प्रतिलिपि।
- नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि।
- सहिद परिवार सम्बन्धी सिफारिस।
आवेदन फारम डाउनलोड पृष्ठबाट प्राप्त गर्न सकिन्छ। भरिएको फारम कार्यालयमा बुझाउनुहोला।
थप जानकारीका लागि कार्यालय सम्पर्क गर्नुहोला।