सहिद परिवारका सदस्यहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिने भएको छ।
शिविरमा सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप र मधुमेह जाँच, आँखा परीक्षण तथा आवश्यक परामर्श सेवा उपलब्ध हुनेछ।
सहभागी हुन चाहनेले कार्यालयमा नाम दर्ता गराउनुहोला। सीमित संख्यामा मात्र सेवा उपलब्ध हुने भएकाले पहिले आउनेलाई प्राथमिकता दिइनेछ।