संस्थाको अभिलेख व्यवस्थित बनाउन सबै सदस्य परिवारलाई आफ्नो विवरण अद्यावधिक गर्न अनुरोध गरिन्छ।
अद्यावधिक गर्नुपर्ने विवरणमा वर्तमान ठेगाना, सम्पर्क नम्बर, परिवारका सदस्य संख्या र अध्ययनरत बालबालिकाको विवरण पर्दछन्।
अभिलेख अद्यावधिक नभएका परिवारलाई आगामी कार्यक्रममा सूचना पुर्याउन कठिनाइ हुने भएकाले समयमै सम्पर्क गर्नुहोला।