संस्थाले आयोजना गरेको शैक्षिक सामग्री वितरण कार्यक्रममा ५० परिवारका बालबालिकालाई पाठ्यपुस्तक, कापी, झोला र लेखनसामग्री वितरण गरिएको छ।
कार्यक्रममा सहभागी अभिभावकहरूले शैक्षिक सहयोग निरन्तर रहेमा बालबालिकाको पढाइ नरोकिने बताएका थिए।
संस्थाले आगामी वर्षदेखि सहयोग पाउने परिवारको संख्या बढाउने योजना रहेको जनाएको छ।