मुख्य सामग्रीमा जानुहोस्
English
समाचार

सीपमूलक तालिम सम्पन्न, २५ जना सहभागी

सहिद परिवारका सदस्यहरूका लागि सञ्चालित एक महिने सीपमूलक तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

सीपमूलक तालिम कार्यक्रम

सहिद परिवारका सदस्यहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित एक महिने सीपमूलक तालिम सम्पन्न भएको छ। तालिममा २५ जना सहभागी थिए।

तालिममा सिलाइकटाइ, ब्युटिसियन र सानो व्यवसाय सञ्चालनसम्बन्धी विषय समेटिएका थिए। सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।

संस्थाले तालिम सम्पन्न गरेका सहभागीलाई व्यवसाय सुरु गर्न आवश्यक परामर्श उपलब्ध गराउने जनाएको छ।